२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् बायर्न लेजेन्ड मुलर



अ+ अ-

एजेन्सी । जर्मन फुटबल क्लब बायर्न म्युनिखका लेजेन्ड गर्ड मुलरको आइतबार निधन भएको छ । 

क्लबले आइतबार बिहान उनको निधन भएको पुष्टि गरेको हो । मुलर ७५ वर्षका थिए ।

सन् १९६४ देखि १९७९ बीच उनले बायर्नका लागि ६ सय ७ खेलमा ५ सय ६६ गोल गरेका थिए । उनले चार बुन्डेसलिगा र तीन युरापेली कपको उपाधि जिते ।

पश्चिम जर्मनका लागि पनि उनी सफल खेलाडी हुन् । उनले तत्कालीन पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरेका थिए । 

सन् १९७० को बेलन डे’अर विजेता मुलरले सन् १९७४ को विश्वकपमा चार गोल गर्दै पश्चिम जर्मनीलाई नेदरल्यान्ड्सलाई हराएर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।