• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

प्रिमियर लिगः ब्राइटनसँग लिभरपुलले अंक बाँड्यो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई गोल गरे भने ब्राइटनका लागि तिनै गोल लिन्ड्रो ट्रोसार्डले गरे । लिभरपुलको घरेलु मैदान एनिफल्डमा भएको खेलमा चौंथो मिनेटमा नै ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा ट्रोसार्डले नै गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा फिर्मिनोले गोल गर्दा लिभरपुल २ १ ले पछि पर्यो । ५४ औं मिनेटमा फिर्मिनोले गोल गर्दै खेललाई २-२ को बराबरीमा लगे ।

६३ औं मिनेटमा ब्राइटनका एडम वेब्स्टरले आत्मघाती गोल गरेपछि लिभरपुल ३-२ ले अघि बढ्यो । यता, ८३ औं मिनेटमा ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई हार बाट जोगाए भने उनले ह्याट्रिक समेत पूरा गरे ।

बराबरीसँगै ७ खेलबाट १४ अंकसहित ब्राइटन चौँथो स्थानमा छ भने समान खेलबाट लिभरपुल १० अंकसहित नवौँ स्थानमा छ ।