६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट



अ+ अ-

काठमाडौँ । दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ । शनिवार दशैँको अवसरमा रंगशालामा सांगीतिक कन्सर्ट भएको हो ।

कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रश्तुती दिएका छन् ।

कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा भएको हो । आयोजकले कन्सर्टमा २० हजार भन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा राखेको थियो ।

सांगीतिक कार्यक्रमले युवा वर्गमा दशैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौंदेखि थलिएको इभेन्ट म्यानेजमेण्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको छ ।

महोत्सवको टिकटक प्रतिष्पर्धासमेत राखिएको र यसमा उत्कृष्ट १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेण्टमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कारहरु प्रदान गरिनेछ ।