• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट



काठमाडौँ । दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ । शनिवार दशैँको अवसरमा रंगशालामा सांगीतिक कन्सर्ट भएको हो ।

कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रश्तुती दिएका छन् ।

कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा भएको हो । आयोजकले कन्सर्टमा २० हजार भन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा राखेको थियो ।

सांगीतिक कार्यक्रमले युवा वर्गमा दशैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौंदेखि थलिएको इभेन्ट म्यानेजमेण्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको छ ।

महोत्सवको टिकटक प्रतिष्पर्धासमेत राखिएको र यसमा उत्कृष्ट १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेण्टमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कारहरु प्रदान गरिनेछ ।