२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानमा भएको विस्फोटनमा परी २८ मारिए, ७९ घाइते



अ+ अ-

एजेन्सी । लेबनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । 

पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।  

देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो । मृत्यु भएका र घाइते भएकामध्ये केही व्यक्ति र सैनिकहरुसमेत रहेको लेवनानको सेनाले जनाएको छ ।

सैनिकले सर्वसाधारण उपभोक्तालाई तेल बिक्री वितरण गरिरहेका बेला ट्याङ्की विस्फोट भएको एक सैन्य अधिकारीले जनाएका छन् । 

विस्फोटन भएको बेला घटनास्थलमा झण्डै २०० नागरिक रहेका थिए । घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटना भएको थाहा पाउनासाथ रेडक्रसकर्मीहरु उद्धार कार्यका लागि घटनास्थलमा खटिएका थिए । 

घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्नसक्ने उद्धारकर्ताहरुले बताएका छन् ।