२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी कसैको पुच्छर होइन, दुवै हाम्रो एजेण्डामा आएका हुन् : प्रचण्ड



अ+ अ-

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैको पुच्छर नभएको बताएका छन् । आइतबार बसेको बैठकमा प्रचण्डले कसैको पुच्छर नभएको बताएका हुन् । 

बाहिर यदाकदा कहिले कांग्रेस, कहिले एमालेको पुच्छर भएको भनेर आरोपित गर्ने गरिएको भन्दै उनले भनेका छन्, ‘त्यसो होइन, कांग्रेस र एमाले दुवै हाम्रो एजेण्डामा आएका हुन् ।’

पछिल्लो समय आफूहरुले नै ओली प्रवृत्तिविरुद्ध लडेको र यो चानचुने नभएको उनले बताए । यसले माओवादीले देशकै नेतृत्व गर्न सक्छ, गलतप्रवृत्ति विरुद्ध लड्छ, क्रान्ति गर्ने मात्र होइन, मुलुकलाई प्रतिक्रन्तिबाट जोगाउन पनि सक्ने रहेछ भन्ने स्थापित भएको उनले बताए । 

यसलाई जनतामा स्थापित गर्न सके आगामी निर्वाचनसम्म माओवादीलाई पहिलो पार्टी बनाउन सकिने उनले बताएका छन् । पार्टीमा कमीकमजोरी पनि रहेको भन्दै उनले यही बाटोमा हिँडिरहे केपी ओली भएकै ठाउँ अर्थात् गोर्वाचोभ थपमा पुग्ने खतरा पनि रहेको पनि बताएका छन् ।