२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक सूची सच्याउन शेखर समूहले दियो देउवालाई साँझ ५ बजेसम्मको अल्टिमेटम



file
अ+ अ-

काठमाडौँ । नेपाली कांगेसको शेखर कोइराला नेतृत्वको समूहले सभापति शेर बहादुर देउवालाई समानुपातिक र प्रत्यक्षतर्फको टिकट वितरणको सूची सच्याउन आज साँझसम्मको समय दिएको छ ।

टिकट वितरणमा समान न्याय तथा ४० प्रतिशत भाग पाउनुपर्ने मागसहित संघर्षमा उत्रिएको सो समूहको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले आज साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपाकि सूची सच्याउने समय दिइएको बताएका छन् ।

समान न्याय नभएमा देशब्यापी विद्रोह गर्ने चेतावनी समेत सो समूहले दिइसकेको छ । शेखर समूहले ४० प्रतिशत माग्दा देउवा भने ३० प्रतिशत मात्र दिन तयार भएका छन् ।

घिमिरेले ट्वीटरमा भनेका छन्– ‘नेपाली कांग्रेसका लागि सुचि सच्याउने समय आज ५ बजेसम्म भएकाले पार्टीद्वारा प्रस्तावित अन्तिम सुचिको प्रतिक्षामा रहेको जानकारी गराउँदछु। जय नेपाल !!’

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूचीलाई अन्तिम रुप दिन आइतबार सम्मको समय रहेको छ ।