२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी बारे उग्ररुपमा प्रस्तुत नहुन प्रचण्डको नेता तथा कार्यकर्तालाई निर्देशन



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बारे उग्र रुपमा प्रस्तुत नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भएको छ । 

शनिबार र आइतबार बसेको पार्टीको बैठकमा सदस्यहरुले एमसीसीबारे प्रष्ट पार्न पटक-पटक आबाज उठाएपछि दहालले सत्तारुढ गठबन्धनमा खेल्ने हतियारका रुपमा एमसीसी प्रयोग गर्न खोजिएको भन्दै यस बारे उग्र नहुन निर्देशन दिनु भएको हो । 

उहाँले एमसीसी पारित गर्नैहुन्न भन्ने पक्षमा आफू नभएको भन्दै तत्कालीन नेकपाका नेता झलनाथ खनालको कार्यदलले तयार पारेको  कार्यदलको सुझावअनुसार परिर्माजन गरेर मात्र पारित गर्नुपर्ने बताउनु भएको एक सदस्यले जानकारी दिनुभयो ।