१९ असार २०८३, शुक्रबार
,
Latest
एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक बर्डफ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी सहायक निरीक्षकको कमाई एक करोड



अ+ अ-

काठमाडौँ । प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो । तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा रु एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ । पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानिनोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।