१० भाद्र २०८३, बुधबार
,
Latest
सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेचौरमा २५ युवाको व्यावसायिक अग्र्यानिक कृषि फार्म



अ+ अ-

भोटेचौर । पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहेनत गरिरहेका छन् । कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन् ।

राजधानी काठमाडौँसँगै जोडिएको मेलम्ची नगरपालिका भोटेचौरमा सिन्धु एकीकृत अग्र्यानिक कृषि फार्म तथा फार्मस्टे सञ्चालनमा छ । ८० रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा फलफूल, मौसमी तथा बेमौसमी तरकारीका साथै गाई, बाख्रा र स्थानीय जातका कुखुरा पालिएको छ ।

सो समूहले रु तीन करोड लगानीबाट सुरु गरेको फार्ममा हाल रु सात करोड बढी लगानी पुगेको छ । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचेर कृषि कर्मबाट पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण बन्ने लक्ष्य लिएको फार्मका सञ्चालक झलक सुवेदीले बताउनुभयो । फार्ममा उत्पादन भएको तरकारी, फलफूल, कुखुरा, अण्डा, बाख्रालगायत कृषि उपज राजधानीसम्म ढुवानी हुने गरेको छ । करिब सात वर्ष विदेशमा कृषि क्षेत्रमा गरेको कामको अनुभवलाई थोरै लगानीमै स्वदेशमै केही गरेर जीविकोपार्जन र आम्दानी गर्ने उद्देश्यले सामूहिक रुपमा कृषि कर्ममा अग्रसर भएको अर्का सञ्चालक रमा श्रेष्ठको भनाइ छ ।

बहुउद्देश्यीय रुपमा सञ्चालित फार्ममा कृषि उद्यमसँगै पाहुनाका लागि रोजे अनुसारको खाने बस्ने सुविधाको फार्मस्टे पनि सञ्चालनमा छ । अहिले ३५ जनाले फार्म भित्रका विभिन्न क्षेत्रमा प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आफ्नै गाउँठाउँमा रोजगारी पाउँदा स्थानीय शुक्रराज र विमला विश्वकर्माको दम्पत्ति पनि खुसी हुनुहुन्छ । उहाँहरुले आफ्नै ठाउँमा काम गर्न पाउँदा सन्तुष्ट रहेको बताउनुभयो ।रासस