६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल मोहम्मदको हत्या आरोपी तीन जना सार्वजनिक



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारमा गार्मेन्ट सञ्चालक लाल मोहम्मदको हत्या आरोपमा तीन जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले घटनामा संलग्न आरोपमा पर्साका वीरगञ्ज महानगर वडा नं. १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की २१ वर्षीय सुुमी भन्ने सुस्मिता स्याङताङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

घटनामा महोरम र रेहानले योजनाकार र तथा हतियार व्यवस्थापनको भूमिका खेलेको तथा सुमीले लाल मोहम्मदको गतिविधि निगरानी गर्ने कार्य गरेको प्रहरीले आरोप लगाएको छ ।

उनीहरुविरुद्ध ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहम्मदमाथि गत असोज ३ गते साढे ६ बजे गोली प्रहार भएको थियो । गोली लागेर घाइते भएका उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा त्यही राति मृत्यु भएको थियो ।