१९ असार २०८३, शुक्रबार
,
Latest
एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक बर्डफ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको घटनाले पूर्वराजा प्रति मेरो सम्मान अझै बढ्यो : अध्यक्ष थापा



अ+ अ-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र प्रति आफ्नो सम्मान अझै बढेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमा तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा प्रति आफ्नो सम्मान अझै बढेको बताएका हुन् । 

उनले भनेका छन्, ‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ। २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो।’

तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ।२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ।

तालिवानले अफगानस्तानको सत्ता कब्जा गरेपछि राष्ट्रपतिले देश छोडेर भागेका छन्। १९९४ मा ५० जना विद्यार्थीहरुको साथ पाएर सुरुवात भएको तालिवानले आज सत्ता कब्जा गरेको छ।