१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध

नवौँ राष्ट्रिय खेलकुद: खेल सामग्री र प्रशिक्षण अभाव, खेलाडीबाट पदकको मात्रै आश

नवौँ राष्ट्रिय खेलकुद: खेल सामग्री र प्रशिक्षण अभाव, खेलाडीबाट पदकको मात्रै आश
अ अ+ अ-

महेन्द्रनगर । नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई साता मात्र बाँकी छ । दसैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उनीहरु पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् । खेलाडी खेल सामग्री र प्रशिक्षण अभावले छटपटीएका छन् । सबैले खेलाडीबाट पदकको मात्र आश गरिरहेका छन् । खेल पदाधिकारी र प्रशिक्षक आफ्नो जिम्मेवारी पूरा गर्नबाट भने चुकिरहेका छन् ।

कञ्चनपुरबाट सुदूरपश्चिमको प्रतिनिधत्व गर्दै ब्याडमिन्टनतर्फ पुरुष र महिला गरी छ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदैछन् । आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन कञ्चनपुरका ब्याडमिन्टन खेलाडी व्यक्तिगत मेहेनतले मात्रै राष्ट्रिय खेलकुद प्रतियोगितासम्मको यात्रा तय गरेका हुन् । उनीहरूको खेल सामग्रीलगायतको व्यवस्थापनतर्फ न जिल्ला खेलकुद न त प्रदेश खेलकुद परिषद् नै ध्यान दिएको छ ।

“प्रदेशस्तरबाट तीन महिला र तीन पुरुष खेलाडी छनोट भयौँ”, ब्याडमिन्टनका एक खेलाडी भन्छन्, “आ–आफ्नो ठाउँमा तयारी गर्नु भनेका छन्, हामीलाई एउटा कर्कको डिब्बा कहीँबाट उपलब्ध छैन ।” खेलाडी स्वयंले प्रशिक्षक खोज्नुपर्ने अवस्था छ । अभ्यास आफ्नै ढङगले गर्नुपर्ने अवस्था रहेको ती खेलाडीले बताए । प्रदेशस्तरमा प्रतिस्पर्धाका लागि जाँदा जिल्ला खेलकुद विकास समितिले यहाँका खेलाडीलाई एक÷एक सेट जर्सी मात्र उपलब्ध गराएको थियो ।

कराते खेलाडीलाई फुटबलको जर्सी उपलब्ध गराएको पाइएको छ । “जर्सी त दिए तर फुटबलको, अरु केही सहयोग मिलेको छैन”, करातेबाट छनोटमा परेका कञ्चनपुरका एक खेलाडीले भने, “हामी नियमित प्रशिक्षणबाट सोझै राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछौँ ।” कञ्चनपुरका एक खेलका प्रशिक्षकका अनुसार यहाँ बन्द प्रशिक्षणका कुनै सुरसार छैन । प्रदेश खेलकुदले कुनै सहयोग गरेको छैन ।

“कम्तीमा एक हप्ताको बन्द प्रशिक्षणको व्यवस्था गर्नुपर्ने थियो”, ती प्रशिक्षकले भने, “हालसम्म खेलाडीलाई खेलसामग्री उपलब्ध गराएको छैन, बन्द प्रशिक्षणको कुनै टुङ्गो छैन ।” यहाँबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने टोलीको प्रदेश राष्ट्रिय खेलकुद परिषद्ले व्यवस्थापन गर्न नसकेको खेलाडीको गुनासो छ । “एउटा कर्कसमेत नदिने प्रदेशले खेलाडीबाट पदकको मात्रै आश गरेका छन्”, एक खेलाडीले भने, “यो भन्दा लाजमर्दो कुरा अरु के हुनसक्छ ।”

सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रदेशस्तरमा सहभागी हुने खेलाडीलाई जिल्लास्तरबाट कहीँ ट्रयाकसुट कतै जर्सीको व्यवस्था गरिएको छ । “खेलअनुसार चाहिने पोशाक उपलब्ध हुन सकेको छैन”, एक प्रशिक्षकले भने, “बोल्दा विरोधी भइएला भन्ने डर ।”

जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले यही असोज २२ गतेदेखि यहाँका खेलाडी नवौँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रस्थान गर्र्ने बताए । “बन्द प्रशिक्षणलगायत व्यवस्थापन प्रदेशले गर्ने हो ।” उनले भने, “बन्द प्रशिक्षणको विषयमा छलफलमात्रै भएको छ ।” प्रदेश छनोटका बेला खेल सामग्री पाएको उनको भनाइ छ ।

नवौँ राष्ट्रियका लागि सुदूरपश्चिम प्रदेशबाट छ सय १५ खेलाडी सहभागी हुने भएका छन् । गत भदौ ३१ गतेदेखि धनगढी र कञ्चनपुरका विभिन्न स्थानमा खेलाडी छनोट गरिएको थियो । नवौँ राष्ट्रियमा सुदूरपश्चिमबाट दुई सयभन्दा बढी खेल प्रशिक्षक र व्यवस्थापक सहभागी हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए । राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिम सहभागी हुनेछ । प्रदेशस्तरको छनोटमा यहाँ दुई हजार पाँच सय ३६ खेलाडी छनोट प्रक्रियामा सहभागी भएका थिए ।

सुदूरपश्चिममा १६ खेलका खेलाडी प्रतियोगिताबाट छनोट गरिएका छन् भने हक्की, जुडो, करातेलगायत खेलमा सोझै छनोट गरिएको सिंहले बताउनुभयो । सदस्यसचिव सिंहका अनुसार फुटबल, भलिबल, क्रिकेटलगायत सामूहिकरूपमा खेलाइने खेलका लागि एक हप्ताको बन्द प्रशिक्षण हुने र व्यक्तिगत खेलाइने खेलका लागि भने बन्द प्रशिक्षण नहुने भएको छ ।

“चाडपर्वको समय छ, धेरैजसो खेलाडी पर्व मनाउन घर गइसकेका छन्, बन्द प्रशिक्षणका लागि हामीसँग समय कम छ”, सिंहले भन्नुभयो, “बाँकी प्रतियोगिता सहभागिताको सबै तयारी भइसकेको छ ।” प्रदेश खेलकुदका लागि प्रदेश सरकारले रु चार करोड, प्रदेश खेलकुद परिषद्ले रु ९५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले रु ४९ लाख उपलब्ध गराएको सदस्यसचिव सिंहले जानकारी दिनुभयो । रासस