२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति बस्ने कुर्सीमा बस्दै तालिवानले भने – ‘राष्ट्रपति भागे युद्ध सकियो’



अ+ अ-

काठमाडौं । तालिबानले अफगानिस्तानमा रहेको राष्ट्रपति भवनलाई कब्जामा लिँदै युद्ध समाप्त भएको घोषणा गरेको छ । काबुलमा झण्डै ६ हजार अमेरिकी सैनिक तैनाथ भएकै बेला तालिबान राष्ट्रपति भवनमा प्रवेश गरेका हुन्।

आइतबार बिहान मात्रै राजधानी काबुल छिरेका तालिबानले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताए पनि राष्ट्रपति अशरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति भवनमा छिरेका तालिबानले अब युद्ध सकिएको बताएका हुन् । 

तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिर समेत खिचेका छन् । अब अफगानिस्तानमा अमेरिकी सेना र पश्चिमी राष्ट्रको दबदबा पनि सकिएको तालिबानले बताएको छ ।

अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै कूटनीतिकज्ञहरुलाई सम्बन्धित देशले फर्काउन थालेका छन् ।