२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्र अस्त भए पनि दुर्गा पूजाको नित्य कर्ममा वाधा नहुने



अ+ अ-

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भए पनि प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पूजामा कुनै बाधा नपर्ने जनाएको छ ।

गत सोमबारदेखि शारदीय नवरात्र सुरु भई नित्य कर्मका रुपमा दुर्गा पूजा र आराधना चलिरहेका बेला आजदेखि शुक्र अस्त भएकाले केही मानिसले असर पर्ने भनी गरेको चर्चा शास्त्रीयरुपमा सही नभएको समितिले जानकारी गराएको हो । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी दुर्गा पूजा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको नित्य कर्म भएकाले शुक्र अस्तको कुनै दोष नलाग्ने बताउनुहुन्छ ।

“शुक्र तथा बृहस्पति अस्त भएका बेला विवाह, व्रतबन्ध, ठूला यज्ञ, तलाउ खन्ने, चौतारा बनाउने, घरको जग राख्ने, घर सर्ने, व्रत प्रतिष्ठा गर्नेलगायत कर्म भने गर्नुनहुने शास्त्रीय वचन रहेको छ, तर विजयादशमीपछि मान्यजनबाट टीका थाप्न, कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गर्न, आकाश दीपदान र तुलसीको विशेष पूजा आराधना गर्न पनि शुक्र अस्तले केही फरक पार्दैन, तिहार मनाउन पनि शुक्र अस्तको दोष छैन, पास्नी गर्न पनि हुन्छ”, उहाँ भन्नुहुन्छ ।

आज अस्त हुने शुक्र मङ्सिर पहिलो साता उदय हुने समितिले जनाएको छ । शुक्र उदय भएपछि मङ्सिर १० गतेपछि मात्र यस वर्षको विवाह तथा व्रतबन्धको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको भनाइ छ ।