२ पुष २०८२, बुधबार
,
Latest
खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्डिडेटमास्टर थापाको विजयी शुरुवात



अ+ अ-

काठमाडौं। डिफेन्डिङ च्याम्पियन क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा विजयी शुरुवात गरेका छन् ।

सन् २०१९ नोभेम्बरमा काठमाडौंमा सम्पन्न च्याम्पियनशीपको विजेता थापाले बिहिबार सम्पन्न पहिलो चरणको खेलमा कुवेतका अलमुहाईनी अब्दुलाजीजलाई पराजित गरेका हुन् ।

अक्टोबर ५ सम्म सञ्चालन हुने प्रतियोगितामा एशियाका २० देशका १४६ जना खेलाडीको सहभागीता रहेको छ । ९ चरणसम्म सञ्चालन हुने प्रतियोगिता अन्र्तगत शुक्रबार साँझ हुने दोश्रो चरणको खेलमा थापाले जापानका ताकेनुउची अत्सुसीसँग प्रतिष्पर्धा गर्नेछन् ।

फिडे रेटिङ २ हजार भन्दा कम भएका र अधिकतम फिडेमास्टर सम्मको टाईटल प्राप्त खेलाडीको मात्र सहभागीता रहने प्रतियोगिताका विजेताले १५ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।