१९ असार २०८३, शुक्रबार
,
Latest
‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठकः अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने निर्णय



अ+ अ-

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।

सोमबार विहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको शीघ्र उद्धार गर्ने निर्णय गरेको हो । 

अफगानिस्तानमा विद्रोही समूह तालिबानले नियन्त्रणमा लिएपछि राजधानी काबुलमा भयको वातावरण बनेको छ । विमानस्थलमा काबुल छाड्न चाहनेहरुको चाप बढेको छ ।

यस्तै बैठकले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ ।

उनीहरूका माग कूटनीतिक पहलमार्फत् सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरिएको हो ।