१९ असार २०८३, शुक्रबार
,
Latest
‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलस्थित अमेरिकी दूतावासमा खटिएका ३ सय ८५ नेपालीको उद्धार गरी दोहा पुर्‍याइयो



अ+ अ-

काठमाडौं । अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुको उद्धार गरी उनीहरुलाई सोमबार बिहान दोहा लगेको छ । 

उक्त दूतावासमा ३ सय ८५ जना नेपाली सुरक्षा गार्ड कार्यरत थिए ।

यस्तै, काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको कार्यालयमा खटिएका नेपाली सुरक्षागार्डहरुलाई पनि अमेरिकाले उद्धार गरेर दोहा लगेको छ । त्यहाँ ७४ जना नेपाली कार्यरत थिए । यद्यपि यी ७४ जना कामदारमध्ये कति जनालाई दोहा पुर्‍याइएको भन्नेबारे खुल्नमा आएको छैन ।

उद्धार गरिएका नेपाली गार्डहरुलाई दोहास्थित अमेरिकी बेस क्याम्पमा राखिएको छ । 

अफगानिस्तानमा विद्रोही समूह तालिबानले नियन्त्रणमा लिएपछि राजधानी काबुलमा भयको वातावरण बनेको छ । विमानस्थलमा काबुल छाड्न चाहनेहरुको चाप बढेको छ ।