२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलस्थित अमेरिकी दूतावासमा खटिएका ३ सय ८५ नेपालीको उद्धार गरी दोहा पुर्‍याइयो



अ+ अ-

काठमाडौं । अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुको उद्धार गरी उनीहरुलाई सोमबार बिहान दोहा लगेको छ । 

उक्त दूतावासमा ३ सय ८५ जना नेपाली सुरक्षा गार्ड कार्यरत थिए ।

यस्तै, काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको कार्यालयमा खटिएका नेपाली सुरक्षागार्डहरुलाई पनि अमेरिकाले उद्धार गरेर दोहा लगेको छ । त्यहाँ ७४ जना नेपाली कार्यरत थिए । यद्यपि यी ७४ जना कामदारमध्ये कति जनालाई दोहा पुर्‍याइएको भन्नेबारे खुल्नमा आएको छैन ।

उद्धार गरिएका नेपाली गार्डहरुलाई दोहास्थित अमेरिकी बेस क्याम्पमा राखिएको छ । 

अफगानिस्तानमा विद्रोही समूह तालिबानले नियन्त्रणमा लिएपछि राजधानी काबुलमा भयको वातावरण बनेको छ । विमानस्थलमा काबुल छाड्न चाहनेहरुको चाप बढेको छ ।