२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुल विमानस्थलमा गोली चल्यो, पाँच जनाको मृत्यु



अ+ अ-

एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । 

अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको बताइएको छ । ज्यान गुमाउनेहरूलाई भने कसले चलाएको गोली लाग्यो भन्ने खुल्नमा आएको छैन ।

हाल अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । मिडिया रिपोर्ट अनुसार विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ ।