२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वाइट हाउसबाहिर अफगानी जनताको विरोध, लगाइयो ‘बाइडेन तिमी जिम्मेवार हौ’ नारा



अ+ अ-

एजेन्सी । अफगानिस्तानमा बिग्रिएको हालतबीच अमेरिकामा रहेका अफगानी जनताले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसबाहिर विरोध प्रदर्शन गरेका छन् । 

उनीहरुले अफगानिस्तानको अहिलेको अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जिम्मेवार ठहरेका छन् । प्रदर्शनकारीहरुले बाइडेनलाई धोका दिएको आरोप समेत लगाएका छन् । 

उनीहरुले २० वर्षपछि फेरि सन् २००० को हालतमा आएको बताएका छन् । उनीहरुले बाइडेन तिमी यसको मुख्य जिम्मेवार हौ भन्दै नारा लगाएका छन् ।

अमेरिकी सेनालाई फिर्ता बोलाएको २० दिनभित्र पूरा अफगानिस्तानलाई तालिबानले कब्जामा लिएका छन् । 

अमेरिकी राष्ट्रपति बाइडेनले चुनाव जितेपछि अफगानिस्तानबाट अमेरिकी एवं न्याटो सैनिकलाई फिर्ता बोलाउने निर्णय गरेका थिए । 

बाइडेनले अमेरिकी सेनाले अफगानिस्तान छाड्ने बताएसँगै तालिबानको वर्चस्व बढेको हो ।