• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

राप्रपाको वरिष्ठ उपाध्यक्ष बने रवीन्द्र मिश्र



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष भएका छन् । राप्रपा र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिश्रको समूहबीच एकीकरण भएसँगै उनी पार्टीको वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरियतामा रहने गरी मिश्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नुअघि हिजो मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए ।

उनले राप्रपामा सहअध्यक्षका लागि दाबी गर्दै आएका थिए । राप्रपमा आठ जनासम्म उपाध्यक्ष रहने प्रावधान छ । पार्टीमा हालसम्म छ जना उपाध्यक्ष रहेका छन् ।