२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बाबुकी आमा इन्दिरा देवीको निधन



अ+ अ-

एजेन्सी । साउथ अभिनेता महेश बाबुकी आमा श्री घटामनेनी इन्दिरा देवीको निधन भएको छ ।

गए राति परिवारका सदस्यहरूले इन्दिरा देवीलाई अस्वस्थ महसुस भएपछि हैदराबादको एआईजी अस्पतालमा लगेका थिए ।

उनलाई भेन्टिलेटरमा राखिएको थियो यद्यपि, उनको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको बताइएको छ ।

इन्दिरादेवीको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि आज बिहान ९ बजेदेखि पद्मालय स्टुडियोमा राखिएको छ, जहाँ निकट मानिस र फ्यानहरुको बाक्लो उपस्थिति रहेको छ ।

उनको अन्तिम संस्कार आज महाप्रस्थान, जुबली हिल्स, हैदरावादमा गरिने छ ।

इन्दिरा आफ्नो घरमा एक्लै बस्थिन् । यद्यपि महेश बाबु र उनका बहिनीहरू इन्दिरा देवीलाई धेरैजसो भेट्ने गर्दथे । मृत्युको खबर पाएलगत्तै सम्पूर्ण परिवार घर पुगेका छन् ।