२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

अखिल फोर्सद्वारा कलेजमा सेनेटरी प्याड मेसिन वितरण

अखिल फोर्सद्वारा कलेजमा सेनेटरी प्याड मेसिन वितरण
अ अ+ अ-

काठमाडौं । केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । सोमवार शंकरदेव क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको समन्वयमा केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो । फोर्सले देशभरका विद्यार्थीका मागहरुलाई सम्बोधन गर्ने र मागहरुलाई उठाउने, शैक्षिक मुद्दाहरुमा केन्द्रित हुने र रचनात्मक काम गर्नेमा अखिल फोर्स लागि पर्ने योजनाअनुरुप काम गरिरहेको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो । उहाँले देशभरका आङ्गिक क्याम्पसहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अखिल फोर्सले देशभरका विद्यार्थीका मागहरुलाई सम्बोधन गर्ने र मागहरुलाई उठाउने, शैक्षिक मुद्दाहरुमा केन्द्रित हुने र रचनात्मक काम गर्नेमा अखिल फोर्स लागि पर्ने योजनाअनुरुप काम गरिरहेको छ, हाम्रो केन्द्रीय कमिटीले पनि यही आदेश दिएको छ, देशभरका आङ्गिक क्याम्पसहरुमा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गर्ने हाम्रो उद्देश्य हो, यो अभियान हामीले शंकरदेव क्याम्पसबाट थालेका छौँ ।”

त्यसैगरी शंकरदेव क्याम्पसकी उपप्रमुख मिखा श्रेष्ठले आङ्गिक कलेजहरुमा धेरै कुराहरु आवश्यक रहेकोले यस्ता कामहरु गर्दै जान सुझाउनुभयो । उहाँले महिलाहरुको लागि गरेको यो काम उल्लेखनीय भएको भन्दै आङ्गिक कलेजका शौचालयमा यस्ता धेरै समस्याहरु रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अखिल फोर्सले जुन अभियान शुरु गरेको छ, यो एकदमै राम्रो छ, यस्ता कामहरु गर्दै जानुपर्छ, यो एउटा शुरुवात हो, आङ्गिक कलेजमा धेरै कमि कमजोरीहरु छन्, यी सबै कुराहरु हामी सबै मिलेर गर्नुपर्छ ।”

अखिल फोर्सले कलेजमा महिलाहरुलाई पर्ने समस्याहरुलाई कलेज प्रशासनसहित कसैले पनि त्यति ध्यान नदिएको भन्दै त्यसलाई मध्यनजर गरेर यो अभियान शुरु गरेको उल्लेख गरेको छ ।