२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

तनहुँ । लागूऔषध मुद्दाका फरार प्रतिवादी आबुँखैरेनी गाउँपालिका-४ अश्राङ बस्ने २९ वर्षीय राजु आलेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदलात तनहुँको २०७६ जेठ २६ गतेको फैसलाले लागूऔषध मुद्दामा ९ महिना २५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी तनहुँ, वन सम्बन्धीरकाठ चोरी मुद्दाका फरार प्रतिवादी आबुँखैरेनी गाउँपालिका-४ खस्राङ बस्ने ५८ वर्षीय नन्द बहादुर गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको २०५४ पुस २४ गते र २०७० भदौ १९ गतेको फैसलाले वन सम्बन्धीरकाठ चोरी मुद्दामा १ वर्ष १ महिना कैद र ४७ हजार ६ सय ५ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो । 

 उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँ दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।