२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

तनहुँ । लागूऔषध मुद्दाका फरार प्रतिवादी आबुँखैरेनी गाउँपालिका-४ अश्राङ बस्ने २९ वर्षीय राजु आलेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदलात तनहुँको २०७६ जेठ २६ गतेको फैसलाले लागूऔषध मुद्दामा ९ महिना २५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी तनहुँ, वन सम्बन्धीरकाठ चोरी मुद्दाका फरार प्रतिवादी आबुँखैरेनी गाउँपालिका-४ खस्राङ बस्ने ५८ वर्षीय नन्द बहादुर गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको २०५४ पुस २४ गते र २०७० भदौ १९ गतेको फैसलाले वन सम्बन्धीरकाठ चोरी मुद्दामा १ वर्ष १ महिना कैद र ४७ हजार ६ सय ५ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो । 

 उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँ दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।