२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

देउवा सरकारले कुनै पनि काम गर्न सक्दैन : अध्यक्ष थापा

देउवा सरकारले कुनै पनि काम गर्न सक्दैन : अध्यक्ष थापा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अपबित्र गठबन्धनका कारण मन्त्रीमण्डल गठन हुन नसकेको जिकिर गरेका छन् । थापाले प्रधानमन्त्री नियुक्त भएको १ महिना बित्दा समेत देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसक्नु अपबित्र गठबन्धन र सत्ता स्वार्थका कारण मन्त्रीमण्डल बिस्तार हुन नसकेको आरोप लगाएका हुन् ।  

थापाले देउवा सरकारलाई कोरोना भाइरस नियन्त्रण र समयमै चुनाव गर्ने काममा मात्रै ध्यान दिन सुझाब दिएका छन् । सरकारले कुनै पनि काम गर्न नसक्ने भन्दै केही अपेक्षा नै नरहेको थापाले बताएका छन । 

पूर्व प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा समर्थन गरेका थापाले देउवा सरकारको चर्को आलोचना गर्दै आएका छन् ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकताको महाधिबेशनका लागि छलफलमा जुटेको छ ।  सोमबार देखि राजधानिमा महाधिबेशनको सुनिश्तताका लागी छलफलमा जुटेको अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

राप्रपाले एकताको महाधिबेशनको लागि कात्तिक २७ गते देखि २९ गते सम्म गर्ने तयारी गरको छ । केन्द्रिय कार्यसम्पादन समितिको बैठक स्थानिय तह निर्बाचन विशेष कार्ययोजनामा समेत सक्रिय बनेको छ ।