• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

अवकासप्राप्त कामु प्रधानन्यायाधीश कार्कीलाई पूर्वप्रधानन्यायाधीशसरहको सुविधा दिने सरकारको निर्णय



file

काठमाडौँ । सरकारले अवकासप्राप्त कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई पूर्व प्रधानन्यायाधीशसरहको सेवा सुविधा दिने नीतिगत निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले छ महिनाभन्दा बढी कामु प्रधानन्यायाधीश भएकालाई अवकासपछि पूर्वप्रधानन्यायाधीशसरहको सेवासुविधान प्रदान गर्ने निर्णय गरेको हो । गठबन्धन सरकारलाई फाइदा पुग्नेगरी सहयोग गरेको भन्दै उहाँलाई व्यक्तिगत फाइदा पुग्ने गरी बैठकले निर्णय गरेको बताइएको छ ।

उमेरहदका कारण यही असोज १५ गतेदेखि अनिवार्य अवकास पाउनुभएका कार्की मंगलबारदेखि तीर्थाटनका लागि भारत जानुभएको छ । गत फागुन १ गते महाअभियोग लागेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमा पर्नुभएपछि उहाँ कामु प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको थियो ।

राणालाई महाअभियोग प्रस्तावमार्फत हटाएर वा राजीनामा गर्न लगाएर कार्कीलाई पूर्ण प्रधानन्यायाधीश बनाउने सरकारको प्रयास असफल भएपछि उहाँलाई अवकासपछि पूर्वप्रधानन्यायाधीशले पाउने सुविधा दिने निर्णय गरेको हो । अब कार्कीले पूर्वप्रधानन्यायाधीशहरूले जस्तै सर्वोच्च अदालतबाट चालकसहितको गाडी, भान्सेलगायतका सुविधा पाउने हुनुभएको छ ।