२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ नक्सा भएको पुस्तक प्रकाशन ओलीले रोके : गिरिराजमणि पोखरेल



अ+ अ-

काठमाडौं । सांसद तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले  ‘नेपालको भूगोल र नक्साबारे स्व(अध्ययन सामाग्री’ प्रकाशन भएपनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा पूर्व शिक्षामन्त्रीसमेत रहेका पोखरेलले सो कुरा बताएका हुन् ।  

उनले नेपालको नयाँ नक्सा अनुसारको क्षेत्रफल प्रकाशन नभएको भन्दै आपत्ति जनाएका हुन्। २०७७ जेठ ७ गते  कालापानी, लिपुलेख र लिम्पियाधुरासमेत समेटेको अध्यावधिक नक्सा जारी भएको भए पनि नयाँ क्षेत्रफल प्रकाशन भएको उनले बताएका थिए।

 ‘विद्यार्थीहरु नेपालको वास्तविक क्षेत्रफल कति हो भन्नेबारे अन्योलमा छन्,' पोखरेलले भने।

उनले नयाँ क्षेत्रफल प्रकाशन नभएकाले नक्सा जारीको औचित्य पुष्टि नभएको भन्दै, 'पुरानै भनौँ देशको अध्यावधिक चुच्चे नक्सा जारी भएको छ। नयाँ भनौँ सरकारबाट आधिकारिक घोषणा भएको छैन।'

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा पनि उक्त विषय उल्लेख गरिएको बताउँदै कूटनीतिक वार्ताको माध्यबाट समस्याको हल गर्न सुझाव दिए।