२३ आश्विन २०८१, बुधबार
,
Latest
बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ नक्सा भएको पुस्तक प्रकाशन ओलीले रोके : गिरिराजमणि पोखरेल



अ+ अ-

काठमाडौं । सांसद तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले  ‘नेपालको भूगोल र नक्साबारे स्व(अध्ययन सामाग्री’ प्रकाशन भएपनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा पूर्व शिक्षामन्त्रीसमेत रहेका पोखरेलले सो कुरा बताएका हुन् ।  

उनले नेपालको नयाँ नक्सा अनुसारको क्षेत्रफल प्रकाशन नभएको भन्दै आपत्ति जनाएका हुन्। २०७७ जेठ ७ गते  कालापानी, लिपुलेख र लिम्पियाधुरासमेत समेटेको अध्यावधिक नक्सा जारी भएको भए पनि नयाँ क्षेत्रफल प्रकाशन भएको उनले बताएका थिए।

 ‘विद्यार्थीहरु नेपालको वास्तविक क्षेत्रफल कति हो भन्नेबारे अन्योलमा छन्,' पोखरेलले भने।

उनले नयाँ क्षेत्रफल प्रकाशन नभएकाले नक्सा जारीको औचित्य पुष्टि नभएको भन्दै, 'पुरानै भनौँ देशको अध्यावधिक चुच्चे नक्सा जारी भएको छ। नयाँ भनौँ सरकारबाट आधिकारिक घोषणा भएको छैन।'

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा पनि उक्त विषय उल्लेख गरिएको बताउँदै कूटनीतिक वार्ताको माध्यबाट समस्याको हल गर्न सुझाव दिए।