२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टोलीको बन्द प्रशिक्षबाट १० खेलाडी बाहिरिए



अ+ अ-

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । सोमबार एन्फाले पोखराको बन्द प्रशिक्षणमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १० खेलाडीलाई बाहिर राखेका हुन् । 

प्रशिक्षक अलमुताइरीले प्रशिक्षणमा २८ खेलाडी छनोट गरेको जनाएको छ । एन्फाले साफ च्याम्पियनसिपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाएको थियो ।

टिमबाट बाहिरिनेमा विशाल सुनार, रन्दिप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजिब लोप्चन, सन्जोग राई, त्रिदेभ गुरुङ, रजिन धिमाल, सेसेहाङ आङ्देम्बे र बिक्रम लामा रहेका छन् ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ ।