२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक



अ+ अ-

काठमाडौं । संसदको अधिवेशन अन्त्य गरे संगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । सोमबार ओलीले आफ्नो निवास बालकोटमा स्थायी कमिटी बैठक बोलाएका हुन्। 

सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने आकलन गर्दै आन्तरिक रणनीति बनाउन ओलीले छलफल गर्न लागेका हुन् । दल विभाजनसम्बन्धी अध्यादेश ल्याए माधव नेपाल पक्षलाई सहज हुने छ ।  

छलफलका लागि महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङलगायतका नेताहरू बालकोट पुगिसकेका छन् ।

एमालेको ओली पक्ष र माधव नेपाल पक्षबीच पार्टी एकताका लागि १०बुँदे सहमति भएपनि शीर्ष नेताहरू आरोप पत्यारोपमा लागि रहदा विघटित कार्यदलका सदस्यहरू एकताका लागि प्रयास गरिरहेका छन् ।