२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियाको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तोलन



अ+ अ-

काठमाण्डौ । नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानीपोखरीमा गणतन्त्र इन्डोनेसियाको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तोलन गरिएको  छ । सन् १९६० मा इन्डोनेसिया र नेपालबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्तोलन गर्नुभएको हो ।

वाणिज्य दूत ढकालले नेपाल र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेको बताउनु भएको छ ।