२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियाको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तोलन



अ+ अ-

काठमाण्डौ । नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानीपोखरीमा गणतन्त्र इन्डोनेसियाको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तोलन गरिएको  छ । सन् १९६० मा इन्डोनेसिया र नेपालबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्तोलन गर्नुभएको हो ।

वाणिज्य दूत ढकालले नेपाल र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेको बताउनु भएको छ ।