१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

अझै फेला परिनन् गायिका जेरुसा राई

अझै फेला परिनन् गायिका जेरुसा राई
अ अ+ अ-

काठमाडौं । गत बिहीबार साँझ ललितपुरको धोवीघाटस्थित घरबाट सुसाइड नोट लेखेर बेपत्ता भएकी गायिका जेरुसा राई अझै फेला परेकी छैनन् ।

प्रहरीका अनुसार सोहि दिन राति ८ बजेको आसपाससम्म उनी ललितपुर र काठमाडौं जोड्ने कीर्तिपुर सुन्दरीघाटको बागमती खोलाको झोलुङ्गे पुलमा देखिएकी थिइन् । तर, त्यहाँबाट उनी कता गइन् भन्ने कुनै क्लु फेला पार्न नसकेको अनुसन्धानमा खटिएका प्रहरी बताउछन् ।

प्रारम्भिक अनुसन्धानमा जेरुसा डिप्रेसनको बिरामी भएको पाइएको छ । डिप्रेसनको बिरामी भएकोले उनीले आत्महत्या गरेको भएपनि एकान्त ठाउँमा हुनसक्ने या विरक्तिएर कुनै ठाउँमा बसिरहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

जेरुसा बागमती आसपासमा खोज्दा भेटिएको छैन । तालिमप्राप्त कुकुरसमेत ल्याएर उनको खोजी भईरहेको प्रहरीले बताएको छ ।

जेरुसाले मोबाइल घरमै छाडेर गएकी छन् । उनीले छाडेको सुसाइड नोटमा आफूले बाँच्नुपर्ने जीवन बाँचिसकेको उल्लेख गरेकी छन् ।

जेरुसाको खोजीमा आफन्त र साथीभाइको टोली पनि लगातार जुटिरहेको छ । सामाजिक सञ्जालका विभिन्न समूहहरुमा पनि ‘तपाईंले हाम्रो जेरुसालाई देख्नुभयो’ लेखिएका पोस्टहरु मार्फत उनको खोजि भईरहेको छ ।

लामो समय बेलायत बसेर नेपाल फर्किएकी उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझमा निकै चलेको थियो । उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित रहेका छन् ।

तस्बिर: सामाजिक सञ्जाल