२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय सदस्यहरूलाई माधव नेपालले फोन गर्दै भने, ‘पार्टी आजै दर्ता हुनसक्छ तयार रहनु’



अ+ अ-

काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्ने तयारी थालेपछि नेकपा एमालेभित्र  विभाजनको प्रक्रिया सुरु भएको छ । 

अध्यादेश जारी गरेलगत्तै एमालेको माथव कुमार नेपाल समूहले अलग दल दर्ता गर्ने तयारी थालेको छ । 

नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’ भन्दै तयारी अवस्थामा रहन भनेका छन् । नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेको स्रोतले बताएको छ ।

माधव समूहभित्रै पनि भीम रावलसहित वार्ता टोलीमा रहेका नेताहरू विभाजनको विपक्षमा उभिएपछि माधव नेपाल तेस्रो र चौथो पुस्ताका नेताहरूसँग भर परेका छन् ।

सरकारले २५ प्रतिशतको थ्रेसहोल्ड राखेर अध्यादेश जारी गर्ने तयारी थालेपछि सो समूहलाई थप सहज हुने देखिन्छ । 

माधव नेपालनिकट युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत) लाई नै नयाँ दलका रूपमा अघि बढाउने सम्भावना रहेको बताइएको छ ।

यता पार्टी अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदलाई कारवाही गरि सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा सूचना दिने सम्भावना पनि रहेको छ ।