२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय सदस्यहरूलाई माधव नेपालले फोन गर्दै भने, ‘पार्टी आजै दर्ता हुनसक्छ तयार रहनु’



अ+ अ-

काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्ने तयारी थालेपछि नेकपा एमालेभित्र  विभाजनको प्रक्रिया सुरु भएको छ । 

अध्यादेश जारी गरेलगत्तै एमालेको माथव कुमार नेपाल समूहले अलग दल दर्ता गर्ने तयारी थालेको छ । 

नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’ भन्दै तयारी अवस्थामा रहन भनेका छन् । नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेको स्रोतले बताएको छ ।

माधव समूहभित्रै पनि भीम रावलसहित वार्ता टोलीमा रहेका नेताहरू विभाजनको विपक्षमा उभिएपछि माधव नेपाल तेस्रो र चौथो पुस्ताका नेताहरूसँग भर परेका छन् ।

सरकारले २५ प्रतिशतको थ्रेसहोल्ड राखेर अध्यादेश जारी गर्ने तयारी थालेपछि सो समूहलाई थप सहज हुने देखिन्छ । 

माधव नेपालनिकट युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत) लाई नै नयाँ दलका रूपमा अघि बढाउने सम्भावना रहेको बताइएको छ ।

यता पार्टी अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदलाई कारवाही गरि सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा सूचना दिने सम्भावना पनि रहेको छ ।