१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

ओहायो नेपाली फुटबल: चुके एफसी र कोलम्बस स्टार विजयी

ओहायो नेपाली फुटबल: चुके एफसी र कोलम्बस स्टार विजयी
अ अ+ अ-

काठमाडौँ । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ चुके फुटबल क्लब विजयी भएको छ ।

त्यसैगरी सो प्रतियोगिताको महिलातर्फ कोलम्बस स्टार फुटबल टिम र भेट्रानतर्फ सिन्सी इन्ट्रा फुटबल क्लब विजयी भएका छन् ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकोको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको सो खेल अमेरिकी समयअनुसार आइतबार राति सकिएको हो ।

उक्त खेलमा सिन्सिनाटीका नेपाली भाषी युवाको टिम चुकेले आफ्नो प्रतिस्पर्धी पेन्सिलभेनिया राज्यको ह्यारियवर्ग सहरका नेपालीभाषी युवाको टिम एफसी युनाइटेडलाई १–० ले हराउँदै जीत हात पारेको थियो ।

अमेरिकी समयानुसार आइतबार अपराह्न भएको अत्यन्त कडा प्रतिस्पर्धात्मक खेलमा चुकेका जर्र्सी नं ७ का रोशान्डोले एक गोल गरेका थिए । उनले हाफ टाइमअघि पाएको कर्नर किकको सदुपयोग गरी बल गोलपोस्टमा छिराएका थिए ।

सयौँ दर्शकले भरिएको सिन्सिनाटीको मायामी ह्वाइटवाटर सकर कम्प्लेक्स खेल मैदानमा भएको सो खेलमा विजयी चुके क्लबले १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

त्यसैगरी उपविजेता युनाइटेड एफसीले आठ हजार अमेरिकी डलर पुरस्कार पाएको सो प्रतियोगिताका संयोजक राजन चुहानले जानकारी दिए ।

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले विजयी टिमलाई ट्रफी तथा नगद पुरस्कार वितरण गरेका थिए । उनले अमेरिकामा भएका नेपाली भाषी भूटानी तथा सबै नेपाली भाषी समुदायलाई खेलका माध्यमबाट आफ्ना सन्ततिलाई अनुशासित बनाउन तथा अमेरिकामा प्रतिस्पर्धी बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको बताए ।

महिलातर्फ विजयी कोलम्बस स्टारले सात हजार पाँच सय डलर पाएको छ । त्यसैगरी भेट्रान विजेताले आठ हजार अमेरिकी डलर जितेको छ । महिलातर्फ १–० गोल अन्तरले पराजित भई उपविजेता बनेको नर्थ डकोटा साइनिङ स्टार फुटबल क्लबले पाँच हजार अमेरिकी डलर पाएको छ ।

त्यसैगरी भेट्रान्सतर्फका उपविजेता इन्ट्रा भेट्रान्स कोलम्बस क्लबले पाँच हजार र तेस्रो हुने हिलसिटी भेट्रान्स क्लबले दुई हजार पाँच सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । भेट्रान्स खेलमा प्रथम भएको सिन्सी इन्ट्राले ६ गोल अन्तरले जितेको थियो । सो खेलमा कर्ण पौडेलले तीन गोल गरेका थिए ।

प्रतियोगितामा अमेरिकाका पेन्सिलभेनिया, मिनिसोटा, ओहायो, नर्थ क्यारोलिना, म्यासाचुसेट्स, केन्टकी, न्यूयोर्क, क्यालिफोर्निया, नर्थ डकोटा, जर्जियालगायतका विभिन्न राज्य तथा क्यानडाका नेपालीभाषी खेलाडी सहभागी भएको आयोजक संस्थाका प्रवक्ता केशव आचार्यले बताउनुभयो ।