२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाले पुनः गर्यो ब्यालेस्टिक मिसाइल परीक्षण



अ+ अ-

एजेन्सी । उत्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले यो जानकारी दिएको हो ।

दक्षिण कोरियाली सेनाले दिएको बयानमा उत्तर कोरियाले पूर्वी तटतर्फ समुन्द्रमा मिसाइल प्रहार गरेको एवं प्योङयाङबाट १०० किलोमिटर टाढा यो मिसाइल परीक्षण गरेको जनाइएको छ ।

यो परीक्षण अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको बीचमा गरिएको हो । मिडिया रिपोर्टका अनुसार यो परीक्षणको कारण दक्षिण कोरिया र अमेरिकाबीचको घनिष्ठ सम्बन्ध रहेको छ । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस छिट्टै दक्षिण कोरियाको भ्रमणमा जाँदैछन् ।

उनको दक्षिण कोरिया आउने मिति तय भइसकेको छैन, तर रिपोर्टका अनुसार उनी जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा सहभागी भएर सेप्टेम्बर २७ मा दक्षिण कोरिया जानेछिन् ।

आणविक र ब्यालेस्टिक किलर परीक्षण गरेको भन्दै संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । अर्को अर्थमा भन्दा उत्तर कोरियाले आणविक र ब्यालिस्टिक मिसाइल परीक्षण गर्न सक्दैन । यसका बाबजुद पनि लगातार मिसाइल परिक्षण भइरहेको छ । यसअघि मे महिनामा पनि मिसाइल परीक्षण गरिएको थियो ।




भर्खरै