२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संविधानमाथि जालसाजी गर्‍यो : संविधानविद् आचार्य



अ+ अ-

काठमाडौ  । संविधानविद् डा. भीमार्जुन आचार्यले जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु संविधानमाथि कै जालसाजी भएको टिप्पणी गर्नुभएको छ ।

आचार्यले भन्नुभयो ' हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुँदैन । असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन। अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथि कै जालसाजी काम हो।'