• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

समानुपातिक सूची सच्याउन माग गर्दै ठमेलमा कांग्रेसको शेखर पक्षको भेला



काठमाडौँ । ठमेलस्थित एक होटलमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहका विद्रोही नेताहरुको भेला भइरहेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्र िशेरबहादुर देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ । उनीहरुले समानुपातिक सूचीमा नाम सच्याउन माग गरेका छन् ।

भेलामा डा कोइराला र पार्टी पदाधिकारी सहभागी नभएको बताइएको छ । विद्रोही पक्षले समानुपातिक सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने माग गरेको छ ।

बागमती प्रदेश सभापतिका प्रत्याशी जगदीश्वरनरसिंह केसीले संयोजन गरेको सो भेलामा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, प्रदेश १ सभापतिका प्रत्याशी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ लगायत नेताहरु सहभागी छन् ।

विद्रोही पक्षले बेलैमा पार्टी सभापति देउवाले पार्टीभित्रको शक्ति समीकरणमा ध्यान नदिए निर्वाचनमा विद्रोह गर्नेसम्मको चेतावनी दिँदै आएको छ ।