२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान प्रदेश प्रमुख अहिराजले राज्यको कुनै सुविधा नलिने



अ+ अ-

जनकपुरधाम । प्रदेश नम्बर २ का निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणा गरेका छन् ।

उनले नेपाल सरकारबाट प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घोषणा पनि गरेका छन् ।

२०७७ फागुन ७ गते अहिराज  प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भएका थिए । 

यस्तै उनले प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त भएका हरिशंकर मिश्रको पूर्ण कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।