१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कमिटी अद्यावधिक, २६० जनाको विवरण निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ ।

केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रहसहित एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली मंगलबार दिउँसो आयोग पुगेको हो । 

यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० रहने गरी पार्टीको निर्णय पठाइएको छ । २०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्कासनमा परेकाले २६० जनाको विवरण आयोगमा पुगेको हो ।