२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीर्ण बन्दै गर्भा दरबार



अ+ अ-

– मीन ठकुरी
गोदावरी । कैलालीको चुरे गाउँपालिका– ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्क शम्शेर जङगबहादुर राणाले निर्माण गरेको दरबारको  संरक्षण नहुँदा  जीर्ण बन्दै गएको हो । 

एक सय वर्ष पुरानो दरबार कुनै तहबाट पनि पहल नभएको चुरे गाउँपालिका– ४ का वडाध्यक्ष कृष्ण मल्लले बताउनुभयो ।स्थानीय बासिन्दाले भने यसको  संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आएका छन् । दरबार जीर्ण हुँदै गएकाले पछि लगाइएको टिनको छाना हावाले उडाएको छ भने प्रयोगविहीन हुँदा भवन भत्किँदै जानका साथै   कलाकृतिले भरिएको भित्ता पनि २०५५ सालदेखि भत्किन सुरू भएको वडाध्यक्ष मल्लको भनाइ थियो  । 

विसं २०३२ सम्म दरबारमा  चहलपहल हुँदै आएको  थियो ।   खड्कका छोरा बहादुर पछि उनका साहिला छोरा तेजप्रकाशको भागमा दरबार परेको स्थानीय जानकार बताउँछन् । विसं २०३३ पछि भने यहाँ कोही पनि बसेका छैनन् ।हावापानी, मौसम र भौगोलिक रुपमा उपयुक्त भएकाले राणा शासकले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीय बासिन्दाको छ । पुराना कलाकृतिका दरबारमा ८३ झ्याल र ५३ ढोका छन् ।

दश रोपनी जमिनमा फैलिएको दरबारको तीन खण्ड र तीन तल्ला छ । सुरक्षाका लागि दरबारको भूइँतल्लामा सुरुङसमेत बनाइएकामा अहिले पुरिँदै गएको छ । उतिबेला राणा शासक खैरालाको दरबारबाट बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फूमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ । 
चुरे गाउँपालिकाले यस दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सोच बनाएको अध्यक्ष धनबहादुर रोकामगरले बताउनुभयो । दरबार संरक्षणका लागि पर्याप्त बजेट नभएकाले  आफूहरूले प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिरहेको उहाँको भनाइ थियो ।  

 सुदूरपश्चिम प्रदेश सरकारले हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै आए पनि फ्रिज हुने गरेको भौतिक पूर्वाधारमन्त्री  दीर्घ सोडारीले बताउनुयोे । आर्थिक वर्षको अन्तमा बजेट निकासा भएकाले  पर्याप्त समय नहुँदा फ्रिज हुने गरेको उहाँको भनाइ थियो । गत वर्ष पुरातत्व विभागको एक टोलीले दरबारको अवलोकन गरेकामा त्यसको प्रतिवेदन सरकारलाई बुझाएपछि काम शुरु गरिने बताइएको छ  ।