• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

भारतले जित्यो अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज



एजेन्सी । सूर्यकुमार यादव र विराट कोहलीको तूफानी अर्धशतकको मद्दतमा भारतले तेस्रो टी–२० अन्तर्राष्ट्रियमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ ।

आइतबार राति भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–२० सिरिजको तेस्रो खेल हैदरावादमा भएको थियो । यो जितसँगै भारतले तीन खेलको टी–२० सिरिज २–१ ले जितेको छ । पहिलो टी–२० अस्ट्रेलियाले जितेको थियो भने दोस्रो टी–२० भारतले जितेको थियो ।

तेस्रो टी–२० मा अस्ट्रेलियाले भारतलाई १८७ रनको लक्ष्य दिएको थियो । क्यामरुन ग्रीनले २१ बलमा ५२ रन र टिम डेभिडले २७ बलमा ५४ रन बनाए । जवाफमा भारतीय टोलीले १९.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। भारतका लागि सूर्यकुमार यादवले ३६ बलमा ६९ रन बनाए । यस्तै, विराट कोहलीले ४८ बलमा ६३ रनको इनिङ्स खेले ।

रोमाञ्चक खेलमा भारतलाई अन्तिम ओभरमा ११ रन आवश्यक थियो । त्यतिबेला विराट कोहली र हार्दिक पाण्ड्या क्रिजमा थिए । डेनियल साम्सले बलिङ गरिरहेका थिए । कोहलीले पहिलो बलमा छक्का प्रहार गरे ।

तर, अर्को बलमा कोहलीलाई फिन्चले क्याच आउट पारे । तेस्रो बलमा दिनेश कार्तिकले एक रन लिए । भारतलाई अन्तिम तीन बलमा चार रन चाहिएको थियो । त्यस्तै चौथो बलमा हार्दिकले कुनै रन बनाउन सकेनन् । पाँचौं बलमा साम्सले वाइड योर्कर प्रहार गर्ने प्रयास गरे तर बल हार्दिकको ब्याटमा लागेर थर्ड म्यानमा चार रन जोडियो । यसरी भारतले एक बलमा जित निकाल्न सफल रह्यो ।

भारतले अष्ट्रेलियालाई घरेलु मैदानमा ९ वर्षपछि टी–२० सिरिजमा पराजित गरेको हो । टीम इण्डियाले २०१३ यता टी–२० सिरिजमा अष्ट्रेलियालाई हराउन सकेको थिएन ।