• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

पहिलो दुई महिनामा आयात तीन खर्बभन्दा बढी



काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो दुई महिनामा नेपालको कुल आयात रु तीन खर्बभन्दा बढी भएको छ । चालु आवको पहिलो महिना साउनमा कुल आयात रु एक खर्ब ३१ अर्ब भएकामा भदौ महिनामा बढेर रु एक खर्ब ८३ अर्ब पुगेको छ । दशैँका कारण भदौ महिनामा आयातमा वृद्धि भएको बताइएको छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै रु १८ अर्ब ४२ करोडको डिजल आयात भएको छ। यो अवधिमा पेट्रोल १२ अर्ब १८ करोड र ग्यास १० अर्बको आयात भएको छ।

त्यसैगरी फलामजन्य वस्तु १३ अर्ब ४५ करोडको आयात भएको भने यस्तै पाम तेल छ अर्ब ३२ करोडको आयात भएको छ । यस अवधिमा सोयाबिन तेल छ अर्ब ४४ लाखको आयात भएको छ।

चालु आवको पहिलो दुई महिनामा भएको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने १३ प्रतिशतले कम हो ।

यस अवधिमा निर्यातमा भने व्यापक गिरावट आएको छ । साउन र भदौ महिनामा कुल २८ अर्ब ६८ करोडको मात्र निर्यात भएको छ । गत वर्षको यसै अवधिमा कुल ४४ अर्बको निर्यात भएको थियो । निर्यात गत वर्षको तुलनामा ३४ प्रतिशतले कम भएको छ । समीक्षा अवधिमा नेपालको व्यापार घाटा रु दुई खर्ब ४४ करोड ९१ लाख पुगेको छ ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.५१ प्रतिशत र निर्यातको हिस्सा ९.४९ प्रतिशत रहेको छ ।