• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे… ★   महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

४ किपर र नवयुगले बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्न नपाउने(भिडियोसहित)



file

काठमाडौँ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ ।

आईतवार टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि चार गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गर्नुभएको थियो ।

उहाँले गोल रक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथू र दीप कार्की, रक्षकमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रेजिन धिमाल, मिडफिल्डरमा सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी र एरिक बिष्ट, स्ट्राइकरमा विमल घर्तीमगर, अञ्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरीलाई समेटेर २३ सदस्यीय टिमको घोषणा गर्नुभएको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको अन्तिम अभ्यासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रशिक्षक हुमागाईंले अभ्यास राम्रो भइरहेको र बंगलादेश पछिल्लो समय मजबुत बन्दै गएकाले बंगलादेशलाई पराजित गरेर नेपालीहरुको महान चाड दशैँको अग्रिह शुभकामना दिने लक्ष्यमा नेपाली राष्ट्रिय फुटबल टिम रहेको बताउनु भयो ।

उहाँले नेपाली खेलाडीले लामो समयपछि खेल खेल्दै गरेको उल्लेख गर्दै राम्रो खेल मैदान नहुँदा केही समस्या परेको बताउनु भयो । उहाँले लामो समय खेल नहुँदा खेलाडीलाई फिट हुन केही समस्या भएको बताउनु भयो । उहाँले बंगलादेशसँगको खेलमा नेपाल राम्रो नतिजा दिने मनशायले खेल्ने बताउनु भयो । उहाँले नेपाली फुटबललाई नयाँ मार्गमा लैजाने बेलामा आफू नेपाली फुटबल टिमको नेतृत्व गर्न आइपुग्नु गर्वको कुरा भएको बताउनु भयो । उहाँले अहिले डेंगुको समस्या रहेका कारण पनि खेलाडी बिरामी हुने हुन् की भन्ने चिन्ता भएको बताउनु भयो ।

यता खेलाडी नवयुग श्रेष्ठले भने नेपाली प्रशिषकले आफूलाई राष्ट्रिय टोलीमा नराखेकोप्रति असन्तुष्टि जनाएका थिए । कुवेतमा भएको एएफसी एशियन कपका लागि नेपालको कप्तानी गरेका नवयुग टिममा नपर्दा धेरैले आश्चर्य प्रकट गरेका थिए । नवयुगले आफू टिममा नपरेपछि सामाजिक सञ्जालमार्फत नै असन्तोष व्यक्त गरेका थिए । नवयुग मात्र होइन, सोही भ्रणममा टोलीको कप्तानीको मौका पाएका मनाङ
मस्र्याङ्दी क्लवका मिडफिल्डर पुजन उपरकोटी पनि हुमागाईंको रोजाइमा पर्न सकेनन् ।

तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ११ खेलाडीबीच विवाद भएपछि नवयुग र पुजनलाई कप्तानीको मौका दिएका थिए । त्यतिबेला अल्मुताइरीसँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिरिएका १० खेलाडी र माल्दिभ्समा रहेका किरण चेम्जोङबाहेकको राष्ट्रिय टोलीको घोषणा गरिएको थियो । तर प्रशिक्षक हुमागाईंले भने एडप्टका कारण नवयुग श्रेष्ठ, भरत, अभिषेक लगायतका केही राम्रा खेलाडीहरुलाई पनि टिममा समावेश गर्न नसकिएको बताउनु भयो ।

उहाँले टिममा नयाँ खेलाडीहरु पनि रहेकाले बंगलादेशसँगको खेलबाट उनीहरुले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्नसक्ने सम्भावना रहेको बताउनु भयो । उहाँले ४ जना किपरलाई राखेको बारेमा पनि स्पष्टीकरण दिनुभयो । उहाँले केही खेलाडीहरु राम्रोसँग अभ्यास गर्ने र मेहेनत गरेर खेल्ने भएका कारण पनि ४ जना किपरहरुलाई राख्नुपरेको बताउनु भयो । उहाँले हार्डवर्क, टिमवर्कका कारण उनीहरुलाई हटाउने ठाउँ नरहेको जिकिर गर्नुभयो ।

त्यस्तै खेलाडी अनन्त तामाङले सबै खेलाडीहरु बंगलादेशसँग खेल्नको लागि फिट रहेको बताउनु भयो । उहाँले लामो समय खेलहरु नहुँदा शुरुमा केही कठिनाइ भएपनि अहिले सहज बन्दै गएको बताउनु भयो । उहाँले बंगलादेशले नेपाललाई खेलमा चुनौती दिने भन्दै नेपाललाई जिताउनका लागि आफू खेल्ने बताउनु भयो ।

त्यस्तै अर्का खेलाडी विमल घर्तीमगरले बंगलादेश हालै मात्र कम्बोडियालाई जितेर बंगलादेशको फुटबल टिम उच्च मनोबलमा रहेका कारण बंगलादेशले नेपालसामु ठूलो चुनौती दिने बताउनु भयो । उहाँले नेपाललाई जिताउने लक्ष्यका साथ आफूले खेल्ने बताउनु भयो । अहिले टिममा नयाँ र पुराना खेलाडीहरुको मिश्रित रहेकाले टिम बलियो र राम्रो बनेको बताउनु भयो । उहाँले घरेलु मैदानमा खेल हुन लागेकाले पनि बंगलादेशलाई हराउने बताउनु भयो ।

त्यस्तै राष्ट्रिय टिममा पहिलो पटक पर्नुभएका फरवार्ड ऋत्तिक खड्का राष्ट्रिय टिममा अभ्यास गर्दा पहिला धेरै गाह्रो भएपनि अहिले सहज लाग्न थालेको बताउनुहुन्छ । राष्ट्रिय टिममा खेल्न लाग्दा धेरै खुशी भएकाले आफ्नो पक्षबाट सकेसम्म राम्रो दिने बताउनु भयो । उहाँले टिममा अभ्यासका क्रममा नयाँ कुराहरु सिक्न पाएको बताउनु भयो ।

नेपाल र बंगलादेशबीचको खेल मंगलवार दशरथ रंगशालामा हुनेछ । खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम शुक्रवार नै नेपाल आइसकेको छ । दुवै टोली एकअर्कालाई हराएर विजयी बन्ने दौडमा छन् ।