१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

४ किपर र नवयुगले बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्न नपाउने(भिडियोसहित)

४ किपर र नवयुगले बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्न नपाउने(भिडियोसहित)
file
अ अ+ अ-

काठमाडौँ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ ।

आईतवार टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि चार गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गर्नुभएको थियो ।

उहाँले गोल रक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथू र दीप कार्की, रक्षकमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रेजिन धिमाल, मिडफिल्डरमा सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी र एरिक बिष्ट, स्ट्राइकरमा विमल घर्तीमगर, अञ्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरीलाई समेटेर २३ सदस्यीय टिमको घोषणा गर्नुभएको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको अन्तिम अभ्यासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यवाहक प्रशिक्षक हुमागाईंले अभ्यास राम्रो भइरहेको र बंगलादेश पछिल्लो समय मजबुत बन्दै गएकाले बंगलादेशलाई पराजित गरेर नेपालीहरुको महान चाड दशैँको अग्रिह शुभकामना दिने लक्ष्यमा नेपाली राष्ट्रिय फुटबल टिम रहेको बताउनु भयो ।

उहाँले नेपाली खेलाडीले लामो समयपछि खेल खेल्दै गरेको उल्लेख गर्दै राम्रो खेल मैदान नहुँदा केही समस्या परेको बताउनु भयो । उहाँले लामो समय खेल नहुँदा खेलाडीलाई फिट हुन केही समस्या भएको बताउनु भयो । उहाँले बंगलादेशसँगको खेलमा नेपाल राम्रो नतिजा दिने मनशायले खेल्ने बताउनु भयो । उहाँले नेपाली फुटबललाई नयाँ मार्गमा लैजाने बेलामा आफू नेपाली फुटबल टिमको नेतृत्व गर्न आइपुग्नु गर्वको कुरा भएको बताउनु भयो । उहाँले अहिले डेंगुको समस्या रहेका कारण पनि खेलाडी बिरामी हुने हुन् की भन्ने चिन्ता भएको बताउनु भयो ।

यता खेलाडी नवयुग श्रेष्ठले भने नेपाली प्रशिषकले आफूलाई राष्ट्रिय टोलीमा नराखेकोप्रति असन्तुष्टि जनाएका थिए । कुवेतमा भएको एएफसी एशियन कपका लागि नेपालको कप्तानी गरेका नवयुग टिममा नपर्दा धेरैले आश्चर्य प्रकट गरेका थिए । नवयुगले आफू टिममा नपरेपछि सामाजिक सञ्जालमार्फत नै असन्तोष व्यक्त गरेका थिए । नवयुग मात्र होइन, सोही भ्रणममा टोलीको कप्तानीको मौका पाएका मनाङ
मस्र्याङ्दी क्लवका मिडफिल्डर पुजन उपरकोटी पनि हुमागाईंको रोजाइमा पर्न सकेनन् ।

तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ११ खेलाडीबीच विवाद भएपछि नवयुग र पुजनलाई कप्तानीको मौका दिएका थिए । त्यतिबेला अल्मुताइरीसँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिरिएका १० खेलाडी र माल्दिभ्समा रहेका किरण चेम्जोङबाहेकको राष्ट्रिय टोलीको घोषणा गरिएको थियो । तर प्रशिक्षक हुमागाईंले भने एडप्टका कारण नवयुग श्रेष्ठ, भरत, अभिषेक लगायतका केही राम्रा खेलाडीहरुलाई पनि टिममा समावेश गर्न नसकिएको बताउनु भयो ।

उहाँले टिममा नयाँ खेलाडीहरु पनि रहेकाले बंगलादेशसँगको खेलबाट उनीहरुले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्नसक्ने सम्भावना रहेको बताउनु भयो । उहाँले ४ जना किपरलाई राखेको बारेमा पनि स्पष्टीकरण दिनुभयो । उहाँले केही खेलाडीहरु राम्रोसँग अभ्यास गर्ने र मेहेनत गरेर खेल्ने भएका कारण पनि ४ जना किपरहरुलाई राख्नुपरेको बताउनु भयो । उहाँले हार्डवर्क, टिमवर्कका कारण उनीहरुलाई हटाउने ठाउँ नरहेको जिकिर गर्नुभयो ।

त्यस्तै खेलाडी अनन्त तामाङले सबै खेलाडीहरु बंगलादेशसँग खेल्नको लागि फिट रहेको बताउनु भयो । उहाँले लामो समय खेलहरु नहुँदा शुरुमा केही कठिनाइ भएपनि अहिले सहज बन्दै गएको बताउनु भयो । उहाँले बंगलादेशले नेपाललाई खेलमा चुनौती दिने भन्दै नेपाललाई जिताउनका लागि आफू खेल्ने बताउनु भयो ।

त्यस्तै अर्का खेलाडी विमल घर्तीमगरले बंगलादेश हालै मात्र कम्बोडियालाई जितेर बंगलादेशको फुटबल टिम उच्च मनोबलमा रहेका कारण बंगलादेशले नेपालसामु ठूलो चुनौती दिने बताउनु भयो । उहाँले नेपाललाई जिताउने लक्ष्यका साथ आफूले खेल्ने बताउनु भयो । अहिले टिममा नयाँ र पुराना खेलाडीहरुको मिश्रित रहेकाले टिम बलियो र राम्रो बनेको बताउनु भयो । उहाँले घरेलु मैदानमा खेल हुन लागेकाले पनि बंगलादेशलाई हराउने बताउनु भयो ।

त्यस्तै राष्ट्रिय टिममा पहिलो पटक पर्नुभएका फरवार्ड ऋत्तिक खड्का राष्ट्रिय टिममा अभ्यास गर्दा पहिला धेरै गाह्रो भएपनि अहिले सहज लाग्न थालेको बताउनुहुन्छ । राष्ट्रिय टिममा खेल्न लाग्दा धेरै खुशी भएकाले आफ्नो पक्षबाट सकेसम्म राम्रो दिने बताउनु भयो । उहाँले टिममा अभ्यासका क्रममा नयाँ कुराहरु सिक्न पाएको बताउनु भयो ।

नेपाल र बंगलादेशबीचको खेल मंगलवार दशरथ रंगशालामा हुनेछ । खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम शुक्रवार नै नेपाल आइसकेको छ । दुवै टोली एकअर्कालाई हराएर विजयी बन्ने दौडमा छन् ।