• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

गाडीमा झण्डा हातमा ढुंगा बोक्न नेपालमा मात्र मिल्ने रहेछ: गोकुल बास्कोटा



काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमसीसीका बारेमा सत्तागठबन्धनले देखाएको दोहोरो चरित्र उदेक लाग्दो भएको टिप्पणी गर्नुभएको छ । नेता बास्कोटाले  पाँचदलीय गठबन्धनले सहमति भै ल्याएको प्रस्ताब कसरी राष्ट्रधाती भयो भन्दै प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जालमा ट्विट गर्दे नेता बास्का्ेटाले लेख्नु भएको छ आज पनि ओली तानाशाही,राष्ट्रघात,शासकीय मनोमानी अनि प्रतिगमन रोक्न सफल क्रान्तिकारी सरकार छ नि देशमा।अग्रगामी शक्तिको पाँचदलीय मोर्चाको सरकारले सहमतिमै ल्याएको प्रस्ताव कसरी राष्ट्रघाती भयो ? लौन,शेषनाग खलक हो–कुरा बुझाई देऊ१गाडीमा झण्डा हातमा ढुंगा बोक्न नेपालमा मात्र मिल्ने रहेछ !