२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

नयाँ पार्टी बनाउँछौ, केपी ओली सुध्रिए चुनावमा तालमेल गरौंलाः माधव नेपाल

नयाँ पार्टी बनाउँछौ, केपी ओली सुध्रिए चुनावमा तालमेल गरौंलाः माधव नेपाल
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको छ । 

मंगलबार आफु पक्षिय जनवर्गिय संगठनहरुको कार्यक्रमलाई जुममार्फत् सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेर पार्टी विभाजन गर्न खोजेको भन्दै पार्टीलाई पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको हो । ओलीले आफुहरुलाई लगाएको आरोपहरु फिर्ता लिने र आत्मआलोचना गर्ने कुनै स्प्रिट नदेखाएको उल्लेख गर्दै उहाँले ओलीले पार्टी विभाजन गर्न चाहेपनि आफुहरुलाई दोष दिइएको बताउनुभयो । उहाँले पुर्नगठित पार्टीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक परिवर्तन र समाजवादको झण्डा बोक्ने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘उहाँ पार्टी विभाजन गर्न उद्यत्त हुनुहुन्छ । विभाजन उहाँले गर्ने अनि दोष हामीलाई दिने । हामी एकताको निम्ति अन्तिम समय प्रयत्न गर्ने तर उहाँले आफ्नो तर्फबाट ढोका बन्द भएको घोषणा गर्ने यो स्थितिबाट उहाँ गुज्रिएको हुनाले अब यो पार्टीलाई हामी एउटा अन्तिम अवस्थामा पार्टीलाई पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । यो पार्टीलाई पुर्नगठन गरिने छ । क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिनेछ । आन्दोलनको झण्डा बुलन्द गरिनेछ । र सामाजिक परिवर्तनको, समाजवादको झण्डा बुलन्द गरिनेछ । र नेपाली जनताको प्यारो शक्तिको रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई हामीले अगाडी बढाउनेछौँ ।’

उहाँले आफु लगायतका सांसदहरुलाई कारबाही गरेको तर्फ इंकित गर्दै आफुहरु कारबाहीबाट विचलित नभइ अगाडी बढ्ने पनि बताउनुभयो । वरिष्ठ नेता नेपालले आफुहरुले नयाँ पार्टी खोलेपनि अध्यक्ष ओलीले गल्ती स्वकार गरेर पछाडी हटेमा पार्टी एकताको ढोका खुल्ला रहने बताउनुभयो । आगामी चुनावमा सहकार्य हुनसक्ने समेत उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘कारबाहीबाट विचलित हुने छैनौँ । हामी अगाडी बढ्नेछौँ । एकताको निम्ति हाम्रो ढोका सधैैँभरी खुल्ला छ । आज फेरी एउटा नयाँ पार्टी हामीले खोलिहाल्यौँ भनेपनि, पार्टी पुर्नगठनको नयाँ झण्डा बुलन्द गरिहाल्यौँ भनेपनि फेरी केपी ओलीले सबै गल्ती स्वीकार गरेर पछाडी हट्नुहुन्छ भने फेरी एकताको ढोका खुल्ला हुनेछ । अहिले हुनेछ । भोली हुनेछ ।’

वरिष्ठ नेता नेपालले आफुहरु अहिले सबै पार्टीहरुसँग सहकार्य गर्ने भएपनि कसैसँग पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले अन्य वामपन्थी शक्तिहरुलाई पनि एकतावद्ध बनाउने बताउनुभयो ।