• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति

भारत र अष्ट्रेलिया भिड्दै, दुबै टोली सिरिज जित्ने दाउमा



एजेन्सी । भारत र अष्ट्रेलियाबीचको तीन टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ । हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा यी दुई टिमबीचको खेल नेपाली समयानुसार साँझ ७ः१५ बजे हुनेछ ।

सिरिजको पहिलो खेल अस्ट्रेलियाले जितेको थियो भने दोस्रो खेल भारतले जितेको थियो । शृंखला १–१ को बराबरीमा छ । यस्तो अवस्थामा दुवै टोली यो खेल जितेर सिरिज आफ्नो पोल्टामा पार्न चाहन्छन् ।

हैदरावादको पिच सुस्त हुन थाल्छ । यहाँ टस जितेर पहिले बलिङ गर्ने निर्णय गलत सावित हुन सक्छ । यस पिचमा पहिले ब्याटिङ गर्ने टोलीको औसत स्कोर १५० देखि १७० रनको बीचमा छ । आईपीएलमा धेरै पटक यसभन्दा पनि कम रन बनेको छ, जसलाई ब्याटिङ टोलीले पछ्याउन सकेको छैन ।

हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा दुई टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको थियो । जसमध्ये भारतले एक खेल जितेको छ । यस्तै एक खेल वर्षाका कारण रद्द भएको छ । सन् २०१७ मा अष्ट्रेलिया एक पटक टी–२० खेल्न यहाँ आएको थियो तर सो खेल रद्द भएको थियो ।

भारतको सम्भावित ११ः
रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, दिनेश कार्तिक, अक्षर पटेल, हर्षल पटेल, भुवनेश्वर कुमार, जसप्रित बुमराह, युजवेन्द्र चहल ।

अष्ट्रेलियाको सम्भावित ११ः
आरोन फिन्च (कप्तान), क्यामरन ग्रीन, स्टीभ स्मिथ, ग्लेन म्याक्सवेल, शन एबोट, म्याथ्यू वेड, टिम डेभिड, डेनियल साम्स, एडम जाम्पा, प्याट कमिन्स, जोस हेजलवुड ।