२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

‘जर्मनीले अफगानिस्तानका लागि विकास सहायता रोक्ने’

‘जर्मनीले अफगानिस्तानका लागि विकास सहायता रोक्ने’
अ अ+ अ-

एजेन्सी । जर्मनीले अफगानिस्तानका लागि विकास सहायता तत्कालका लागि रोक्ने निर्णय गरेको छ । अफगानितानमा बीस बर्षपछि तालिबान फेरि सत्तामा पुगेपछि मङ्गलबार उक्त निर्णय भएको जर्मनीका विकास मन्त्री गर्द मुलरले बताउनुभएको हो । 

“ परिवर्तित राजनीतिक अवस्थाका कारण जर्मनीले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको विकास सहयोग केही समयको लागि निलम्बन गरिएको छ,” विकास मन्त्री मुलरले जर्मन पत्रिका रिनिशा पोस्टसँगको अन्तरवार्तामा भन्नुभयो । 

“हामी अफगानिस्तानबाट जर्मनी फिर्ता हुन चाहने सबै स्थानीय विकास अधिकारीहरू र गैर–सरकारी संस्थाका कर्मचारीलाई अफगानिस्तानबाट फिर्ता गर्नका लागि द्रूत गतिमा काम गरिरहेका छौं ।”

काबुलमा रहेका जर्मनहरूलाई सेनाको नेतृत्वमा उद्धार गर्ने अभियान जारी रहेको तर स्थलगत कठिन परिस्थितिका कारण काममा बाधा सिर्जना भएको उहाँले बताउनुभयो । 

अधिकारीहरूले मङ्गलबार एउटा जर्मन सैनिक विमानमार्फत् काबुलबाट सात जनालाई मात्र उद्धार गरिएको बिषयमा भन्नुभयो, “सयौं मानिसहरू जमिनमा पर्खिरहेका थिए तर  विमानस्थलमा सुरक्षाका सहयोगीहरुले यातायातमा पहुँच पु¥याउन नसक्दा उद्धारमा कठिनाई भएको छ ।”  

जर्मनीले हालको उद्धार कार्यको दायरामा ‘सम्भव भएसम्म’ स्थानीय कर्मचारीहरूको उद्धार कार्य पूरा गर्ने प्रयास गरेको कुरा मुलरले उक्त पत्रिकालाई बताउनुभयो । 

उहाँले थप्नुभयो, “हामी त्यसभन्दा अन्य विकल्पहरू पनि हेर्दैछौं ।”

अफगानिस्तानको ठूला दातामध्ये एक जर्मनीले एक वर्षमा ४३० मिलियन यूरो (५०६ मिलियन अमेरिकी डलर) अफगानिस्तान पठाउने सहमति गरेको थियो ।  उक्त रकम स्थानीय प्रहरी बलको तालिम, न्याय प्रणाली तथा महिलाको हक अधिकारलाई सूनिश्चित गर्न र भ्रष्टाचार विरुद्धको अभियानमा खर्चिने सहमति गरेको थियो । 

गत हप्ता बोल्दै जर्मन विदेश मन्त्री हेइको मासले अन्तर्राष्ट्रिय सहयोग बिना उक्त एशियाली मुलुक ‘सक्षम’ नहुने बताउनुभएको थियो ।  

“तालिबानले सत्ताको पूर्ण नियन्त्रण लिएमा, शारिया कानुन लागू गरेमा र अफगानिस्तानलाई इस्लाम (क्यालिफेट) राज्य घोषणा गरेमा जर्मनीले त्यहाँ अब एक पैसा ९ पठाउने छैनौं,” मासले भन्नुभयो ।