काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धीको अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो ।
राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टिका ढकाललेका अनुसार अहिले राजनीतिक दल विभाजनसम्बन्धीको अध्यादेश दर्ता भएको बताएका हुन् ।
दल विभाजनसम्बन्धीको अध्यादेशमा संसदीय समिति र केन्द्रीय समितिको २० प्रतिशत भए दल विभाजन गर्न मिल्नुका साथै प्रदेश र स्थानीय तहमा दल विभाजन भएको २१ दिनभित्र कुन पार्टीमा जाने भनी सदस्यहरुले रोज्न पाउने व्यवस्था थपिएको छ ।