२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् छलेर अध्यादेश ल्याउनु संविधानमाथिको जालसाजी : संविधानविद् आचार्य



अ+ अ-

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । संविधानविद् आचार्यले सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै संसद् छलेर अध्यादेश ल्याउनु संविधानमाथिको जालसाजी भएको टिप्पणी गरेका हुन् । 

‘हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुँदैन । असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन,’ आचार्यले भने,’अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथि कै जालसाजी काम हो।’

यसअघि ओली नेतृत्वको सरकारले सोही अध्यादेश ल्याउँदा चौतर्फी विरोध भएपछि फिर्ता गरिएको थियो ।