२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलको सहज जित



अ+ अ-

एजेन्सी । युइएफए नेसन्स लिगमा पोर्चुगलले सहज जित निकालेको छ । गएराति भएको लिग ए ग्रुप दुई अन्तर्गतको खेलमा घरेलु टोली चेक रिपब्लिकलाई ४–० ले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन डिओगो डालोटले दुई गोल गरे भने ब्रुनो फर्नान्डेज र डिओगो जोटाले एक–एक गोल गरे ।

यस जितसँगै पोर्चुगल लिग ए ग्रुप दुई बाट ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । हार ब्यहोरेको चेक ४ अंक जोडेर पुछारमा रहेको छ । स्पेनको ८ तथा स्वीट्जरल्यान्डको ६ अंक छ ।