२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशको विरोधमा एमालेले देशभर प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोली दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ ।  बुधबार एमालेको भ्रातृ संगठन युवा संघको आयोजनामा देशभर प्रदर्शन गर्न लागेको हो । 

युवासंघका इन्चार्ज समेत रहेका एमाले केन्द्रीय सदस्य महेश बस्नेतले प्रत्येक जिल्ला सदरमुकाम तथा मुख्य शहरहरुमा बुधबार प्रदर्शन गरिने जानकारी दिए । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको भन्दै आक्रोशित बनेको एमालेले अध्यादेश फिर्ताको माग गरेको छ । यस्तै राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्न नहुने समेत जिकिर गरेको छ ।